पृथ्वी राजमार्गको गलौँदीमा सडक भासियो, सवारी आवागमन पूर्णरूपमा अवरुद्ध
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ गलौँदी क्षेत्रमा सडक भासिएपछि सवारीसाधनको आवतजावत पूर्णरूपमा रोकिएको छ।केही समयअघिदेखि सो क्षेत्रमा करिब ६० मिटर सडकखण्ड चर्किएको थियो। अहिले करिब ३५ मिटर सडक भासिएपछि सवारी आवागमनमा रोक लगाइएको हो।सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको छ।
