सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर
काठमाडौं : सामसङ नेपालले Ncell सँग मिलेर Ncell का ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२५ सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१५ सम्मको लाभ लिन सकिनेछ।यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” लाई अझै आकर्षक बनाएको छ।
