SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्मलाई थप

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको बेलुका ७ बजेसम्मलाई थप गरिएको छ। दिउँसो ३ बजेसम्मको समय तोकिएकामा पछि साँझ ५ बजेसम्मको समय थपिएको थियो। कांग्रेसले सूचना जारी गर्दै फेरि बेलुका ७ बजेसम्मलाई मतदानको समय थप गरिएको जनाएको छ।बिहान ७ बजेपछि सुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।