SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

बिटौरी जग्गामा बसोबास गर्नेको नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय

काठमाडौं : सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता सम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।