SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखियो : शर्मा

काठमाडौं : नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्। शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको बताए। उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे।