SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

कोशीमा चाडपर्व लक्षित सुरक्षा निगरानी बढाइयो, ४५३ क्यूआरटी तयारी अवस्थामा

विराटनगर : दसैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कोशी प्रदेशमा प्रहरी परिचालनलाई तीव्र बनाए सुरक्षा निगरानी बढाइएको । प्रदेशका १४ वटै जिल्लामा ८ हजार १३३ नेपाल प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले राजमार्गदेखि बजार, सीमावर्ती क्षेत्रदेखि धार्मिक स्थलसम्म सुरक्षा निगरानी बढाएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए।