SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

चीनमै बसेर मुख्य योजनाकारले वीच्याटबाट दिन्थे निर्देशन

काठमाडौं : बूढानीलकण्ठस्थित भंगालमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको कारोबार गर्दै आएको रहस्य खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको ग्वान्झाउमा बसेर एक मुख्य योजनाकारले वीच्याट एपमार्फत निर्देशन दिने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी गराएको हो।