परीक्षामा सहभागी नै नभएकालाई लाइसेन्स वितरण, कार्यालय प्रमुखसहित सात जनाविरुद्ध मुद्दा दायर
बुटवल : यातायात व्यवस्था कार्यालय बुटवल रुपन्देहीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)वितरण गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बिहिवार तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित कर्मचारी र प्रहरी अधिकारीहरु विरुद्ध मुद्दा दायर भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो।
