SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

गुनासोरहित वीर अस्पतालको परिकल्पना

वीर अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्काे ठाउँ छैन, जसरी पनि उपचार गर्नुपर्छ। त्यसैले आकस्मिक कक्षमा एक बेडमा ४, ५ जना राखेर भए पनि र बहिरंगमा बिहान साढे ७ देखि बेलुका ४ बजेसम्म जति हजार बिरामी आउँछन् सबैको परीक्षण हुने गरेको छ। विश्वास र भरपर्दाे सेवाकै कारण दिनप्रतिदिन बिरामीको संख्या बढेको बढ्यै छ। विश्वासको धरोहर वीर अस्पताल भवनमात्र नभई नेपालीहरूको पीडाको संगम हो, अन्य स्थानबाट टाढिएका पाइलाहरू अन्तत वीर अस्पतालमै आएर रोकिन्छन्, जसरी नदीहरू अन्ततः सागरमै मिल्दछ।