SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

आजदेखि दसैंको अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा घुइँचो

काठमाडौं :दसैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रम टिकट बुकिङ खुला गरेको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको घुइँचो लागेको हो ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।