SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

१० सेकेन्डको रिल्सले ३४ वर्षपछि मिलन

स्याङ्जा :  जिन्दगीमा अनगिन्ती दिनहरू परदेशी मुलुकमै बिते। मनभित्र गुम्सिएको पारिवारिक माया, छटपटी र सञ्चो बिसञ्चो न त उनलाई खबर हुन्थ्यो। न त यता परिवारलाई नै।आमा, बुवा, भाइ, पत्नी, दुई वर्षे छोरी र एक वर्षे काखे छोरा छोडेर २७ वर्षे उमेरमै पैसा कमाउनका लागि भारत पुगेका महेन्द्र केसी अन्ततः ३४ वर्षपछि बल्ल घर फर्किए।छोरा कृष्ण केसी र उनका साथी सूर्यमान केसीले ६१ वर्षीय महेन्द्रलाई दिल्लीबाट स्याङ्जाको घर ल्याएका हुन्।