SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ असो २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

धुजाधुजा ध्वजावाहक

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभन्दा थाइल्यान्डको सरकार अधीनस्थ वायुसेवा संस्था थाई एयरवेज एक वर्ष कान्छो हो। नेपालले २०१५ सालमा नेपाल वायुसेवा निगम स्थापना गर्दा थाइल्यान्डको सरकारी जहाज कम्पनी थिएन। त्यसको एक वर्षपछि स्थापित वायुसेवा संस्थान थाई एयरवेजसँग आज ८५ वटा जहाज छन्। गएको वर्षको नाफा १ खर्ब ८५ अर्ब नेपाली रुपैयाँ थियो। तर आज नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज छन्, ती पनि पूरै चलेका छैनन्।