हिमाल आरोहण गरी ‘जुगल भ्रमण वर्ष २०८३’ आरम्भ गरिने
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुको साथै स्थानीय संस्कृति, प्राकृतिक सम्पदा र साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ मनाईने भएको छ।असोज २७ गते भ्रमण वर्षको उद्घाटनसँगै भ्रमण वर्षको औपचारिक शुभारम्भ हुने गाउँपालिकाले जनाएको छ।
