SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

विद्युत् महसुलको डिजिटल भुक्तानीमा थप सहुलियत दिने मन्त्री श्रेष्ठको घोषणा

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप सहुलियत दिने घोषणा गरेका छन्।मन्त्री श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत् प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्‍याउने’ अवधारणाअनुसार डिजिटल भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्। डिजिटल भुक्तानीबाट ग्राहकको समय र खर्च बचत हुनुका साथै नेपाल विद्युत् प्राधिकरणको प्रशासनिक भारसमेत घट्ने उनको भनाइ छ।