विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई प्रशिक्षकमा निरन्तरता दिएको छ। यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्ने भएका छन् ।श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।
