उत्पादनका आधारमा अनुदान दिन थालेपछि मालारानीका कृषक सामूहिक बजारीकरणमा
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाका कृषकहरू खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणतर्फ आकर्षित भएका छन्। गाउँपालिकाले बाख्रापालनबाट उत्पादन हुने खसीबोकाको बजारीकरण सुनिश्चित हुनुका साथै प्रतिकेजी ३० रुपैयाँ अनुदानसमेत प्राप्त हुने भएपछि मालारानीका कृषकहरू बाख्रापालनप्रति थप उत्साहित भएका हुन्।
