SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

सुनका गरगहना लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समूहलाई पक्राउ गरिएको जनाएको हो।