SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

एमाले स्थायी कमिटी बैठक, ११ वर्षपछि वरिष्ठ नेता बनेर भण्डारी सहभागी (तस्बिर)

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलमा जारी बैठकमा एमालेले केन्द्रीय कमिटी बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता बनाएपछि पहिलोपटक बैठकमा सहभागी भएकी छन्। गत केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि आज पहिलो स्थायी कमिटी बैठक बसेको हो।राष्ट्रपति हुन अगाडि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई दोस्रो वरीयता दिएर स्वागत गरेका थिए।