SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्नेबारे वायुसेवा कम्पनी र क्यानबीच सहमति

काठमाडौं : नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको गुनासो आएपछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा भएको छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीबीच स्वीकृत भाडादरभन्दा सस्तोमा समेत टिकट बिक्री वितरण गर्ने तथा उपलब्ध भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा स्पष्ट सूचना प्रकाशन गर्ने सहमति भएको हो।