भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ
विराटनगर : मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन्। उनलाई बिहीबार बिहान करिब ९ बजे भरुवा बन्दुकसहित पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
