SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

सामान खरिदमा अनियमितता : कोषाध्यक्ष र लेखापाल सीआईबीको नियन्त्रणमा,एन्फा महासचिव र अध्यक्ष फरार

काठमाडौं : आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ।  एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ। सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्।