सार्वजनिक यातायातको बुकिङ शुक्रबारदेखि खुला
काठमाडौं : दसैं, तिहार तथा छठ पर्वमा काठमाडौंबाट जिल्ला आउजाउ गर्ने यात्रुहरूका लागि शुक्रबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गरिने भएको छ।यातायात व्यवसायीले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका हुन्। यातायात व्यवस्था विभागमा सरकारका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन तथा सुरक्षा निकायका उच्च अधिकारीहरूबीच भएको बैठकले बुकिङ खुला गर्ने निर्णय गरेको हो।
