चाडपर्व नजिकिएसँगै बजार अनुगमन : २९ फर्मलाई कारबाही
विराटनगर : चाडपर्व नजिकिएसँगै विराटनगर र आसपासका बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा २९ वटा फर्म कारबाहीमा परेका छन् ।बिल–बिजकबिनै भण्डारण गरिएको ५४० किलो सुपारी बरामद हुनुका साथै तीनवटा औषधि पसलमा सिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा भिसाको दुरुपयोग गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई समेत नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाइएको छ ।
