निर्धन उत्थान लघुवित्तको नयाँ अध्यक्षमा जनार्दन देव पन्त नियुक्त
२२ असोज २०८२, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन्। संस्थाको मिति २०८२ असोज २१ गते (मंगलबार) अपराह्न ४ बजे बसेको ३२०औं सञ्चालक समितिको बैठकले तत्कालीन अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजीनामा स्वीकृत गर्दै पन्तको स्थानमा जनार्दन देव पन्तलाई नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
