चौधरी ग्रुपले जेनजी आन्दोलनका शहिद परिवारका सदस्यलाई रोजगारी दिने
२२ असोज २०८२, काठमाडौं । जेनजी आन्दोलनका शहिदप्रति सम्मान व्यक्त गर्दै चौधरी ग्रुपले आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरेको छ। चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत यस निर्णयको घोषणा गर्दै शहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
