एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा विशेष छुट
२२ असोज २०८२, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावका लागि अब आँखा उपचारमा विशेष सुविधा प्राप्त हुने भएको छ। बैंक र वीरगंजस्थित किरण आँखा अस्पतालबीच भएको सम्झौतापश्चात्, बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्। सम्झौता अनुसार, ग्राहकहरूले OPD, Diagnostics, Surgery, तथा Branded / Non-Branded Optical सेवामा छुट पाउनेछन्।
