SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ध्वस्त प्रदेशसभाको सम्पत्ति मिनाहा गर्ने कोशी सरकारको निर्णय

विराटनगर : जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको कोशी प्रदेशसभा सचिवालयको अचल सम्पत्ति अब मिनाहा हुने भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभा सचिवालयका नष्ट भएका अचल सम्पत्ति मिनाहा गर्ने निर्णय लिएको हो ।जेनजी आन्दोलनका क्रममा आपराधिक समूहको २०८२ भदौ २४ गतेको आगजनी र तोडफोडबाट प्रदेशसभा सचिवालयमा ठूलो क्षति पुगेको थियो ।