SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

चौताराले थाल्यो खाद्यान्न ढुवानी गर्ने सवारी साधनको जाँच

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्र खाद्यान्न ढुवानी गर्ने साना तथा ठूला सवारीसाधनको चेकजाँच तथा अनुगमन सुरू गरेको छ ।नगरपालिकाकी उपप्रमुख सीता थापाको नेतृत्वमा उद्योग,वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोक तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसहितको संलग्नतामा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनलाई लक्षित गरी बन्देउ नाकामा जाँच सुरू गरेको हो ।