SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस

काठमाडौं : भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो।नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो।दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन्।