राजनीतिक दललाई आयोगको आग्रह : ‘स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्नुस्’
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आग्रह गरेको छ । आयोगले सो कार्यमा सघाउन नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकारकर्मीलाई अनुरोध गरेको छ ।
