SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतको संवैधानिक इजलास किन बस्न सकेन ?

काठमाडौं : प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले संवैधानिक इजलास गठनमा आफूअनुकूल निर्णय गरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयालले इजलासमा बस्न अस्वीकार गरेका छन्। न्यायाधीश फुयालले इजलासमा बस्न अस्वीकार गरेपछि बुधबारका लागि तोकिएको संवैधानिक इजलास बस्न सकेन। संवैधानिक इजलास बस्न नसक्दा सुनुवाइका लागि पेशीमा तोकिएका १६ वटा मुद्दा प्रभावित भएका छन्।स्रोतका अनुसार यसअघि गठन भएका संवैधानिक इजलासमा फुयाललाई  सदस्यका रूपमा राखिएको थिएन।