SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ०९:२९ AM · 1 मिनेट पढाइ

मुख्य पर्यटकीय याममा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर-अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यस वर्ष पर्यटक आगमन घटेको छ ।