उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ भनेर ७० दिने गरिएको रहेछ : कृषिमन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् । मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले किसानलाई प्रतिक्विन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्नेमा ७० रुपैयाँ मात्रै दिएको बताए ।
