आलोचनापछि निर्वाचन आयोगले दलहरूलाई छलफलमा बोलायो
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । निर्वाचनको मिति घोषणा गरी कार्यतालिका सार्वजनिक गर्दा दलहरूसँग कुनै छलफल नगरेको भन्दै सरकार र आयोग दुवैप्रति आलोचना हुँदै आएको थियो । सोही आलोचना पछि आयोगले आगामी असोज ३० गते दलहरूसँग बैठक बोलाएको हो ।
