अनेरास्ववियुले कैलालीमा दियो बालेन र सुदनविरुद्ध जाहेरी
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध कैलालीमा जाहेरी दिएको छ । अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले बालेन र सुदनविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका हुन् ।
