SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ११:२० AM · 1 मिनेट पढाइ

नेता मात्रै होइन, परिवार र नातेदारको पनि सम्पत्ति छानबिन होस् : राजेन्द्र लिङ्देन

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु भएकोमा खुसी व्यक्त गरेका छन् । लिङ्देनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरूको मात्रै नभई उनीहरूको परिवार, नातेदार र निकट व्यक्तिसम्म पनि छानबिनको दायरा विस्तार गर्नुपर्ने बताएका छन् ।