SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

कञ्चनपुरबाट एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । लक्ष्मी चन्दको पसलमा जुवा खेलिरहेको अवस्थामा सोही स्थानका २५ वर्षीय घनश्याम जोशीसहित १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।