कांग्रेस १५औँ महाधिवेशनः सभापतिमा श्यामकृष्ण खड्गी, पदाधिकारीमा ३७ जनाको दाबी
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि पदाधिकारीमा ३३ भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। यो समाचार तयार पार्दासमम्म सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र विभिन्न क्लस्टरतर्फका सहमहामन्त्री पदमा गरी हालसम्म ३७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन्। सभापति पदमा श्यामकृष्ण खड्गी र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ।