आईएमई लाइफको २ लाख ४ हजार कित्ता संस्थापक शेयर लिलामीमा, प्रतिकित्ता मूल्य २२५ रुपैयाँ
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख ४ हजार ६४२ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्री हुने भएको छ । कम्पनीले संस्थापक समूहको उक्त शेयर शिलबन्दी बोलपत्र आह्वान गरी बिक्री गर्न लागेको हो । शेयर बिक्रीका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै आवेदन खुलाएको छ।