एक्स्ट्रिमको विन्टर अफरमा उपभोक्तालाई सुनको क्यान जित्ने अवसर!
काठमाडौं । जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना पाँच नयाँ स्वादका इनर्जी ड्रिंक बजारमा ल्याएको अवसर पारेर ‘विन्टर अफर’ सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्ताले सुनको क्यान जित्ने अवसर पाउनेछन्।