फ्रान्सिस ह्याल्जेनलाई २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार
काठमाडौं । आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएका भौतिकशास्त्री फ्रान्सिस ह्याल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले मंगलबार ह्याल्जेनलाई खगोलीय उत्पत्तिका उच्च–ऊर्जा न्युट्रिनो पत्ता लगाउने अनुसन्धानमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मानित गरेको हो।