कांग्रेसको नयाँ कार्यसमिति ८० क्लस्टरबाट चुनिँदै, आज उम्मेदवारी मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विभिन्न समावेशी समूहसहित ८० क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। महाधिवेशनको बन्दसत्रबाट पारित संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाएको छ।