सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो। सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको थियो।