इलन मस्क फेरि बने ट्रिलियनियर, एकै दिन बढ्यो ६५ अर्ब डलर सम्पत्ति
काठमाडौं। विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति फेरि १ ट्रिलियन डलर नाघेको छ। शेयर बजारमा आएको सुधारसँगै स्पेसएक्स र टेस्लाको शेयर मूल्य बढेपछि मस्कको सम्पत्ति एकै दिन ६५ अर्ब डलरले बढेर १.०४ ट्रिलियन डलर पुगेको हो। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सोमबार मस्कको सम्पत्ति ६५ अर्ब डलरले बढेको हो।