SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने

नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो । प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ ।