SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला

सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।