SHARE
पर्दाफास · बुधबार १० मंिर २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

देउवा पक्षले १५औँ महाधिवेशनका समिति गठन गर्ने जिम्मा शशांक कोइरालालाई दियो

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ । आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए ।