SHARE
पर्दाफास · सोमबार १९ असो २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

प्रवासी नेपालीका मुद्दा बोकेर कांग्रेस केन्द्रीय सदस्यमा रामजीवी पन्थको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँका रामजीवी पन्थले अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। प्रवासमा रहेर लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय पन्थले आफ्नो उम्मेदवारीलाई प्रवासी नेपालीका समस्या, अधिकार र आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्।