सिद्धार्थ बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले महाराजगञ्जस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता सिद्धार्थ बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरबीच भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकले नेशनल प्याथ ल्याबमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।