नेकपाबाट अलग भए झलनाथ खनाल, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले पार्टीबाट अलग भएको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ सुरु गरेको जानकारी दिए। खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ।